बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जन्मदिनको अवसरमा प्लास्टिक ब्याग सहयोग
गलकोट नगरपालिका वडा नम्वर ४ स्थित बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई छोराको २५ औँ जन्मोत्सवको अवसरमा औषधी तथा स्वास्थ्य सामग्री राख्न प्रयोग हुने प्लास्टिक ब्याग सहयोग गरिएको छ ।
गलकोट नगरपालिका वडा नम्वर ४ निवासी तथा नौलो बिहानी स्वास्थ्य आमा समूहकी अध्यक्ष मोहनकुमारी क्षेत्री र गोपाल क्षेत्रीले छोरा प्रविण क्षेत्रीको २५ औँ जन्मोत्सवको अवसरमा स्वास्थ्य सेवा केन्द्रलाई प्लास्टिक ब्याग सहयोग गर्नुभएको हो ।
उहाँहरूले सुरुवाती चरणमा १ केजी प्लास्टिक ब्याग उपलब्ध गराउनुभएको छ भने आगामी एक वर्षसम्म स्वास्थ्य संस्थालाई आवश्यक पर्ने औषधी तथा स्वास्थ्य सामग्री राख्न प्रयोग हुने प्लास्टिक ब्याग सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
स्वास्थ्य संस्थामा औषधीको सुरक्षित भण्डारण तथा व्यवस्थित वितरणमा सहयोग पु¥याउने उद्देश्यले गरिएको सहयोगले औषधीको सुरक्षा, ओसारपसार र वितरणलाई सहज बनाउने अपेक्षा गरिएको छ । प्लास्टिक ब्यागको प्रयोगबाट औषधी छुट्टाछुट्टै राख्न, औषधीको नाम तथा मात्रा उल्लेख गर्न र बिरामीलाई औषधी सेवनसम्बन्धी जानकारी दिन सहज हुने स्वास्थ्य संस्थाका प्रमुख गणेशबहादुर सुनारले जानकारी दिनुभयो ।
यसले औषधी हराउने, पोखिने वा अन्य औषधीसँग मिसिने सम्भावना कम गर्नुका साथै स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।
जन्मोत्सवलाई सामाजिक सेवासँग जोड्दै स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा स्वास्थ्य संस्था तथा गलकोट नगरपालिका वडा नम्वर ४ को तर्फबाट प्रविण क्षेत्रीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ ।
संगम युवा क्लबको समीक्षा बैठक सम्पन्न
संगम युवा क्लब गलकोट नगरपालिका वडा नम्वर ६, ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला–२०८३ को समीक्षा बैठक सम्पन्न भएको छ
नेपाली कम्युनिष्ट पार्टीको मजुवाफाँटमा श्रद्धाञ्जली सभा सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीले गलकोट नगरपालिका वडा नम्वर ६ मजुवाफाँटमा रम्बी कुमारी साहानीको नवौँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न
संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव सम्पन्न
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सम्पन्न भएको छ । ‘राष्ट्र निर्माणमा











प्रतिकृया दिनुहोस