नेपाली कम्युनिष्ट पार्टीको मजुवाफाँटमा श्रद्धाञ्जली सभा सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीले गलकोट नगरपालिका वडा नम्वर ६ मजुवाफाँटमा रम्बी कुमारी साहानीको नवौँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका जिल्ला सदस्य चित्रबहादुर साहानीकी ममतामयी आमा तथा स्वतन्त्र विद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पसका सभापति प्रभात साहानीको हजुरआमा रम्बी कुमारी साहानीको ९ औँ दिनको पुण्यतिथीको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
सभामा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नरेश केसी, गलकोट नगर सहइन्चार्ज चन्द्रदत्त रेग्मी, ताराखोला गाउँपालिका संयोजक दिवस खत्री र गलकोट नगरपालिका–३ का वडा संयोजक श्यामसुन्दर श्रेष्ठले श्रद्धाञ्जली फ्रेम वाचन गर्दै शोकसन्तप्त परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा परिवारका तर्फबाट खिम साहानीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले श्रद्धाञ्जली सभामा उपस्थित भई दुःखको घडीमा साथ र सहानुभूति व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेपाली कम्युनिष्ट पार्टीका गलकोट नगर संयोजक गंगाबहादुर भुजेलको अध्यक्षता र गण्डकी प्रदेश सदस्य हर्क बहादुर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।
स्वर्गीय साहानीको गत असोज ३ गते ७७ वर्षको उमेरमा निधन भएको थियो ।
संगम युवा क्लबको समीक्षा बैठक सम्पन्न
संगम युवा क्लब गलकोट नगरपालिका वडा नम्वर ६, ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला–२०८३ को समीक्षा बैठक सम्पन्न भएको छ
बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जन्मदिनको अवसरमा प्लास्टिक ब्याग सहयोग
गलकोट नगरपालिका वडा नम्वर ४ स्थित बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई छोराको २५ औँ जन्मोत्सवको अवसरमा औषधी तथा स्वास्थ्य सामग्री राख्न प्रयोग
संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव सम्पन्न
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सम्पन्न भएको छ । ‘राष्ट्र निर्माणमा











प्रतिकृया दिनुहोस