रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र माझी निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्धन्दि पुनम शर्मालाई ११ मतान्तरले पराजित गर्दै माझी सभापतिमा निर्वाचित भएका हुनुभएको हो ।
शनिबार सदरमुकाम बागलुङ बजारमा भएको अधिवेशनमा शर्माले ८२ मत प्राप्त गर्दा माझीले ९३ मत पाएर विजयी हुनु भयो । उपसभापतिमा खिमानन्द पौडेल ९९ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी देबु जंगले ७५ मत प्राप्त गर्नुभयो । सचिवमा लिलबहादुर (बाबिन) खत्री १११ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी प्रकाश रिजालले ६५ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी सहसचिवमा बालकृष्ण शर्मा ८८ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कमल प्रसाद खरेलले ८५ मत प्राप्त गर्नुभएको थियो । सहसचिव पदमा तीन मतको झिनो अन्तरले शर्मा विजयी हुनुभएको हो । यस्तै, क्षेत्रीय सदस्य (क्षेत्र नं. १) मा रामप्रसाद अधिकारी १०२ मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी यम कुमार मल्लले ६८ मत प्राप्त गर्नुभयो । क्षेत्रीय सदस्य (क्षेत्र नं. २) मा हिमाल खत्री ९७ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कृष्ण बहादुर नेपालीले ७४ मत प्राप्त गर्नुभयो ।
२०८३ जेठ २३ गते गलकोटमा भएको प्रथम जिल्ला अधिवेशनबाट पुनम प्रसाद शर्माको नेतृत्वमा जिल्ला कार्यसमिति घोषणा भएपछि अर्का अध्यक्षका आकांक्षी ढालेन्द्र रायमाझी पक्षले अधिवेशनस्थलमै विरोध जनाएका थिए । केन्द्रमा प्रक्रियाको विषयमा उजुरी परेपछि केन्द्रीय निर्वाचन आयोगले बदर गरेको थियो ।
बागलुङ–१ मा मतगणना शुरु
बागलुङ क्षेत्र नम्बर–१ मा मतगणनामा शुरु भएको छ । बागलुङ क्षेत्र नम्बर एकको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको छ । आज बिहान अबेर
बागलुङमा नेकपा र जनमोर्चाद्वारा चुनावी सहकार्य
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बागलुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले चुनावी सहकार्य गर्ने भएका छन् । बागलुङको
नेपाली कांग्रेसबाट बागलुङ–१ मा श्रीस र २ मा पौडेल उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङको दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गाएको छ । कांग्रेस









प्रतिकृया दिनुहोस