• ON AIRब्यबसायिक सन्देश
  • UP NEXTसाझा खबर

गलकोटमा श्रद्धाञ्जली सभा

गलकोट नगरपालिकामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 

गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका वडा नम्वर ३ को आयोजनामा संस्थाका निवर्तमान कोषाध्यक्ष तथा शेयर सदस्य मञ्जु शर्मा चालिसेको सासुआमा स्वर्गिय नन्दकली उपाध्यायको ९ औँ दिनको पुण्यतिथीको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । 

सभामा संस्थाका सचिव वीर बहादुर चोखालले श्रद्धाञ्जली फ्रेम वाचन गरी अध्यक्ष विरेन्द्र श्रेष्ठले परिवारका सदस्यलाई हस्तान्तरण गर्नुभएको थियो । 

स्वर्गिय उपाध्यायको गत कार्तिक २० गते ८५ वर्षको उमेरमा निधन भएको थियो । 

त्यस्तै आजै गलकोट बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका वडा नम्वर ३ हटिया, सयपत्री बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका वडा नम्वर ४, गलकोट बहुमुखी क्याम्पस गलकोट नगरपालिका वडा नम्वर ३ र लायन्स क्लव अफ गलकोट घुम्टे, गलकोट नगर अस्पताल गलकोट नगरपालिका वडा नम्वर ५ ले समेत श्रद्धाञ्जली सभा सम्पन्न गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

नवसिर्जना युवा क्लवको २३ औं वार्षिकोत्सव तथा शुभ दिपावली मेला चल्दै 

नवसिर्जना युवा क्लव (एनवाईसी) ताराखोला गाउँपालिका वडा नम्वर ४ तारा, नागबेगीखोलाको २३ औं वार्षिकोत्सव तथा शुभ दिपावली मेला २०८३ सञ्चालन भईरहेको छ

रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला

सामुदायिक रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग, शिक्षा, युवा तथा खेलकुद शाखाको

नेकपा एमालेको श्रद्धाञ्जली सभा

गलकोट नगरपालिका वडा नंं. ५ गिठेचौरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङ जिल्ला कमिटि र गलकोट नगर कमिटिको

↑