बतासेडाँडामा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते
गलकोट नगरपालिका वडा नम्वर ३ बतासेडाँडामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
आज साँझ करिब ५ बजेर ५० मिनेट जाँदा हटियाबाट नरेठाँटीतर्फ जाँदै गरेको ग ११ ब ७३९० नम्बरको मोटरसाइकल र नरेठाँटीबाट हटियातर्फ आउँदै गरेको ध २ प ३८७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गलकोट नगरपालिका वडा नम्वर २ नरेठाँटी निवासी २५ वर्षीय पारस परियार, उहाँकी श्रीमती सम्झना परियार र गलकोट नगरपालिका वडा नम्वर ५ निवासी हिराबहादुर विक घाइते हुनुभएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।
घाइतेमध्ये पारस परियार र सम्झना परियारको उजिर कार्की स्वास्थ्य क्लिनिक तथा हिराबहादुर विकको इमरजेन्सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते सम्झना परियारको टाउकोमा चोट लागेको र अन्य २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
नवसिर्जना युवा क्लवको २३ औं वार्षिकोत्सव तथा शुभ दिपावली मेला चल्दै
नवसिर्जना युवा क्लव (एनवाईसी) ताराखोला गाउँपालिका वडा नम्वर ४ तारा, नागबेगीखोलाको २३ औं वार्षिकोत्सव तथा शुभ दिपावली मेला २०८३ सञ्चालन भईरहेको छ
रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला
सामुदायिक रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग, शिक्षा, युवा तथा खेलकुद शाखाको
नेकपा एमालेको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नंं. ५ गिठेचौरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङ जिल्ला कमिटि र गलकोट नगर कमिटिको










प्रतिकृया दिनुहोस