नवसिर्जना युवा क्लवको २३ औं वार्षिकोत्सव तथा शुभ दिपावली मेला चल्दै
नवसिर्जना युवा क्लव (एनवाईसी) ताराखोला गाउँपालिका वडा नम्वर ४ तारा, नागबेगीखोलाको २३ औं वार्षिकोत्सव तथा शुभ दिपावली मेला २०८३ सञ्चालन भईरहेको छ ।
दिगो समावेशी विकास र मानवीय सेवामा पवित्र मन, समाज रुपान्तरणसँगै खेलकुद, कला र संस्कृतिका लागि युवा संगठन भन्ने नाराका साथ नवसिर्जना युवा क्लव (एनवाईसी) को २३ औं वार्षिकोत्सव तथा शुभ दिपावली मेला २०८३ गत कार्तिक २६ गतेदेखि सञ्चालन भईरहेको हो ।
वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वडा स्तरिय भलिबल प्रतियोगितामा रास्वपा ताराखोलाले गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीलाई पराजित गर्दै फाईनल प्रवेश गरेको छ भने, एसियन नान करि जापानले ताराखोला फ्रेन्ड्स सर्कललाई पराजित गर्दै फाईनल प्रवेश गरेको क्लवका अध्यक्ष पूर्णभद्र निउरेले जानकारी दिनुभयो ।
त्यस्तै प्रौढ भलिबल प्रतियोगिता अन्तर्गत संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथर र ताराखोला फ्रेन्ड्स सर्कल जापान बिचको खेलमा संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथर, सिर्खुम म्याग्दी र ताराखोला गाउँपालिका वडा नम्वर २ अर्गल सिले बिचको खेलमा सिर्खुम म्याग्दी विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको क्लवले जनाएको छ ।
त्यस्तै धनुषवाण प्रतियोगिता, महिला भलिबल प्रतियोगिता र सामुहिक नृत्य प्रतियोगिता समेत सञ्चालन भईरहेको छ ।
त्यस्तै कार्यक्रमको मुल समारोह भोली ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर वि.क.को प्रमुख आतिथ्यतामा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
आगामी मंसिर १ गतेसम्म सञ्चालन हुने मेलाको अवसरमा चर्चित कलाकार रवि कार्की, दिलु मगर लगायत स्थानीय कलाकारको विशेष सांगितिक प्रस्तुती समेत रहने जनाईएको छ ।
रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला
सामुदायिक रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग, शिक्षा, युवा तथा खेलकुद शाखाको
नेकपा एमालेको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नंं. ५ गिठेचौरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङ जिल्ला कमिटि र गलकोट नगर कमिटिको
गलकोटमा श्रद्धाञ्जली सभा
गलकोट नगरपालिकामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका वडा नम्वर ३ को आयोजनामा










प्रतिकृया दिनुहोस