उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ
छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइएको छ ।
हिजो आइतवार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जागा बसेका ब्रतालुहरुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि ब्रत पूरा भएको छ ।
छठ मनाउँदै गरिएका नदी, पोखरी तथा जलाशय किनारमा व्रतालुहरुको घुईंचो छ । छठ पर्वका अवसरमा तराई मधेशसँगै काठमाण्डौ उपत्यका र अरु ठाउँका नदी, पोखरी तथा जलाशयका किनार सिंगारेर झकिझकाउ बनाइएको छ ।
यस वर्ष सरकारले छठ पर्व व्रतको समापनका अबसरमा आज पनि सार्वजनिक विदा दिएको छ । अघिल्ला वर्षहरुमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिने दिन अर्थात कात्तिक शुक्ल षष्ठीका दिन सार्वजनिक विदा दिदै आएकोमा यो वर्ष षष्टी र सप्तमी दुबै दिन बिदा दिएको हो ।
छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी मनाउने गरिन्छ । हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने
नेपाल संवत् ११४७ शुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै
नेपाल संवत् ११४७ आजदेखि शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल










प्रतिकृया दिनुहोस