छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व अस्ति शुक्रबारदेखि शुरु भएको हो । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।
दोस्रो दिन सखर हालेर बनाइएको खीर खरना षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन आज निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने गरिन्छ ।
षष्ठी अर्थात आजको दिन रातभर जागा बसी भोलि कात्तिक शुक्ल सप्तमीको बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । केही वर्षअघिसम्म तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
विसं २०४६ देखि सरकारले छठ पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । विगतका केही वर्ष यो बिदा काटिएकामा फेरि बिदा हुन थालेको छ । यसवर्ष सरकारले भोलि पनि सार्वजनिक बिदा दिएको छ ।
छठ पर्वका अवसरमा तराई, मधेशसँगै काठमाण्डौ उपत्यका र अरु ठाउँका नदी, पोखरी तथा जलाशय झकिझकाउ बनाइएको छ ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ
छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइएको छ । हिजो आइतवार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी मनाउने गरिन्छ । हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने
नेपाल संवत् ११४७ शुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै
नेपाल संवत् ११४७ आजदेखि शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल










प्रतिकृया दिनुहोस