• ON AIR
  • UP NEXT

नेपाली कांग्रेस गलकोट नगरपालिका १० को अधिवेशन 

नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नं. १० पाण्डबखानीमा वडा अधिवेशन तथा वडा कार्यसमिति चयन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्वसंविधानसभा सदस्य निरज पुनले गाउँमा बसोबास गर्ने जनसमुदायहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस जनताको दुःखसुखको साँचो साथी भएको उल्लेख गर्दै उहाँले गाउँका कुनै पनि समुदायलाई भ्रममा नपारी एकजुट हुनका लागि आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा क्रियाशील सदस्य नवीन राना, निवर्तमान वडा सदस्य धनबहादुर सुनार, वरिष्ठ समाजसेवी मानसिंह छन्त्याल, जिल्ला सदस्य रामप्रसाद विक र महिला जागरण केन्द्रकी अध्यक्ष राधिका पुन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

अधिवेशनले गंगा बहादुर घर्तीको सभापतित्वमा २५ सदस्यीय नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपसभापतिमा ओमबहादुर बुढा, महिला उपसभापतिमा रुणमाया पुन, सचिवमा राधिका श्रीस, सहसचिवमा राजेश विक अन्य सदस्यहरू रहनुभएको छ । 

त्यसैगरी आगामी महाधिवेशनका लागि सभापतिसहित खुला, समानुपातिक, अपाङ्ग, दलित, पेसागत श्रमिक र द्वन्द्वपीडित क्षेत्रबाट २४ जना क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत रूपमा चयन भएका छन् । 

कार्यक्रम नेपाली कांग्रेस वडा नं. १० का कार्यवाहक सभापति दीप घर्तीको सभापतित्व क्रियाशील सदस्य तथा वडा अध्यक्ष भक्त बहादुर काउचाको स्वागत र क्षेत्र नम्बर २(क) का सभापति तिलक घर्तीको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस गलकोट नगर सभापतिमा तीन जनाको दाबेदारी 

नेपाली कांग्रेस गलकोट नगर सभापतिका लागि तीन जनाले दाबेदारी जनाएका छन् ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत गलकोट नगर सभापति पदमा हिम

जनहित कला केन्द्रको ११ औँ साधारण सभा तथा चौँथो अधिवेशन

जनहित कला केन्द्र गलकोट नगरपालिका वडा नंं. ७ मल्मको ११ औँ साधारण सभा तथा चौँथो अधिवेशन सम्पन्न भएको छ ।  कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य ज्ञान

रिघामा राष्ट्रिय जनमोर्चाको स्मृति सभा

गलकोट नगरपालिका वडा नं. ११ रिघामा स्मृति सभा सम्पन्न भएको छ ।  राष्ट्रिय जनमोर्चाको आयोजनामा स्वर्गीय हेम प्रसाद पुनको २० औं स्मृति सभा रिघामा