• ON AIR
  • UP NEXT

नेपाली कांग्रेसको १५ औं गलकोट नगर अधिवेशन उद्घाटन सत्र सम्पन्न

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तथा गलकोट नगर समितिको दोस्रो नगर अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।

उद्घाटन सत्रसँगै नगर अधिवेशन अन्तर्गत पहिलो सत्रमा नयाँ नेतृत्वका लागि मनोनयन दर्ता समेत सुरु भएको छ । 

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य रेनुका काउचाले पार्टीलाई सुदृढ र जनमुखी बनाउन एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहदेखि नै पार्टी संगठनलाई मजबुत बनाउन महिला, युवा र सबै वर्गको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । साथै, लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै पार्टीभित्र देखिएको आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ रूपमा लिएर अगाडि बढ्न उहाँले सबै कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । 

त्यस्तै संविधान सभा सदस्य निरज पुनले पार्टी संगठनलाई बलियो बनाउन र लोकतान्त्रिक मूल्यमान्यतालाई अगाडि बढाउन एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ रूपमा लिँदै स्थानीय तहदेखि नै कांग्रेसलाई अझ गतिशील र जनमुखी बनाउन सबै नेता तथा कार्यकर्ताहरू आपसी मेलमिलापका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । 

कार्यक्रम गलकोट नगर सभापति विरजंग भण्डारीको अध्यक्षता, उपसभापति यज्ञप्रसाद सापकोटाको स्वागत र सचिव योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । 
त्यस्तै नेपाली कांग्रेसको गलकोट नगर समितिको पदाधिकारी र सदस्यहरु चयनका लागि उम्मेदवारी दर्ता भईरहेको छ । 

भोली विहान १० बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जनाईएको छ । 

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस गलकोट नगर सभापतिमा तीन जनाको दाबेदारी 

नेपाली कांग्रेस गलकोट नगर सभापतिका लागि तीन जनाले दाबेदारी जनाएका छन् ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत गलकोट नगर सभापति पदमा हिम

जनहित कला केन्द्रको ११ औँ साधारण सभा तथा चौँथो अधिवेशन

जनहित कला केन्द्र गलकोट नगरपालिका वडा नंं. ७ मल्मको ११ औँ साधारण सभा तथा चौँथो अधिवेशन सम्पन्न भएको छ ।  कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य ज्ञान

रिघामा राष्ट्रिय जनमोर्चाको स्मृति सभा

गलकोट नगरपालिका वडा नं. ११ रिघामा स्मृति सभा सम्पन्न भएको छ ।  राष्ट्रिय जनमोर्चाको आयोजनामा स्वर्गीय हेम प्रसाद पुनको २० औं स्मृति सभा रिघामा