रिघामा राष्ट्रिय जनमोर्चाको स्मृति सभा
गलकोट नगरपालिका वडा नं. ११ रिघामा स्मृति सभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाको आयोजनामा स्वर्गीय हेम प्रसाद पुनको २० औं स्मृति सभा रिघामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदिलाल सापकोटाले पार्टीले गरिब, मजदुर र किसानका संघर्ष तथा समस्यालाई निरन्तर उठाउनुपर्ने बताउदै श्रमजीवी वर्गको अधिकार, सामाजिक न्याय तथा समानताका लागि पार्टीले आफ्नो आवाज अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि सबै सचेत नागरिक एकजुट हुनुपर्ने बताउँदै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको पक्षमा दृढ भएर उभिनुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा पार्टीका जिल्ला सदस्य तथा नगर सचिव पदम श्रेष्ठ, सानो रिघा आधारभुत विद्यालयका प्रधानाध्यापक नरेन्द्र पुनले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिका ११ का अध्यक्ष भक्तिराम पुनको अध्यक्षता, सहसचिव रण बहादुर थापाको स्वागत र सचिव दल बहादुर बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।
नेपाली कांग्रेस गलकोट नगर सभापतिमा तीन जनाको दाबेदारी
नेपाली कांग्रेस गलकोट नगर सभापतिका लागि तीन जनाले दाबेदारी जनाएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत गलकोट नगर सभापति पदमा हिम
जनहित कला केन्द्रको ११ औँ साधारण सभा तथा चौँथो अधिवेशन
जनहित कला केन्द्र गलकोट नगरपालिका वडा नंं. ७ मल्मको ११ औँ साधारण सभा तथा चौँथो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य ज्ञान
नेपाली कांग्रेसको १५ औं गलकोट नगर अधिवेशन उद्घाटन सत्र सम्पन्न
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तथा गलकोट नगर समितिको दोस्रो नगर अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्रसँगै नगर अधिवेशन अन्तर्गत










प्रतिकृया दिनुहोस