• ON AIR
  • UP NEXT

जनहित कला केन्द्रको ११ औँ साधारण सभा तथा चौँथो अधिवेशन

जनहित कला केन्द्र गलकोट नगरपालिका वडा नंं. ७ मल्मको ११ औँ साधारण सभा तथा चौँथो अधिवेशन सम्पन्न भएको छ । 

कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य ज्ञान बहादुर थापाले आर्थिक वर्ष २०८२-०८३ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष तारा थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

सो अवसरमा गलकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राज बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं. ७  का सभापति गंग बहादुर खड्का, नेकपा एमाले गलकोट नगरपालिका ७ का अध्यक्ष होम बहादुर बस्नेत, भक्त बहादुर बि.क ले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

चौँथो अधिवेशनले सरोज थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । त्यस्तै ज्ञान बहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति, केहरसिंह थापाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति, फमकुमारी थापाको संयोजकत्वमा ६ सदस्यीय खेलकुद समिति र केहरसिंह दर्जिको संयोजकत्वमा ५ सदस्यीय सांस्कृतिक समिति गठन गरिएको छ । 

कार्यक्रम जनहित कला केन्द्रका अध्यक्ष ईश्वर थापा (भरत) को अध्यक्षता, वयोवृद्ध कर्ण बहादुर बि.क को प्रमुख आतिथ्यता, सल्लाहकार लोक बहादुर थापाको स्वागत र ज्ञान बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । 
 

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस गलकोट नगर सभापतिमा तीन जनाको दाबेदारी 

नेपाली कांग्रेस गलकोट नगर सभापतिका लागि तीन जनाले दाबेदारी जनाएका छन् ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत गलकोट नगर सभापति पदमा हिम

रिघामा राष्ट्रिय जनमोर्चाको स्मृति सभा

गलकोट नगरपालिका वडा नं. ११ रिघामा स्मृति सभा सम्पन्न भएको छ ।  राष्ट्रिय जनमोर्चाको आयोजनामा स्वर्गीय हेम प्रसाद पुनको २० औं स्मृति सभा रिघामा

नेपाली कांग्रेसको १५ औं गलकोट नगर अधिवेशन उद्घाटन सत्र सम्पन्न

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तथा गलकोट नगर समितिको दोस्रो नगर अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्रसँगै नगर अधिवेशन अन्तर्गत