• ON AIR
  • UP NEXT

नेपाली कांग्रेस गलकोट नगरपालिका ७ को १५ औं वडा अधिवेशन 

नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नं. ७ को १५ औं वडा अधिवेशन सम्पन्न भएको छ । 

अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भरत शर्मा गैरेले माथिल्लो तहमा पार्टीबिच विवाद भएतापनि स्थानीय तहमा त्यस्तो नरहको बताउँदै सबैजना एकताबद्ध भएर लागि १५ औँ अधिवेशनलाई सफल बनाउनुपर्ने बताउनुभएको थियो । 

कार्यक्रममा नेपाली कांग्रेस गलकोट नगर कोषाध्यक्ष चिरञ्जीवि मरासिनी, पार्टीका वडा सचिव नर बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नं. ७ का सभापति बसन्त बहादुर क्षेत्रीको अध्यक्षता, उपसभापति घनश्याम थापाको स्वागत र सचिव मिन बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।  

१५ औं अधिवेशनले टेकनाथ शर्माको सभापतित्वमा १२ सदस्यीय वडा कमिटि गठन गरेको छ । समितिको उपसभापतिमा महिलातर्फ टिका साहानी, पुरुषतर्फ घनश्याम थापा, सचिवमा मिन बहादुर थापा, सहसचिवमा जमुना के.सी, कोषाध्यक्षमा हर्क बहादुर खड्का रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा शोभा केसी, सबिता शर्मा मरासिनी, गुमानसिंह खड्का, शिव बहादुर कार्की, ज्ञान बहादुर कार्की, लक्षु थापा र रुपा बि.क रहनुभएको छ । 
 

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस गलकोट नगर सभापतिमा तीन जनाको दाबेदारी 

नेपाली कांग्रेस गलकोट नगर सभापतिका लागि तीन जनाले दाबेदारी जनाएका छन् ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत गलकोट नगर सभापति पदमा हिम

जनहित कला केन्द्रको ११ औँ साधारण सभा तथा चौँथो अधिवेशन

जनहित कला केन्द्र गलकोट नगरपालिका वडा नंं. ७ मल्मको ११ औँ साधारण सभा तथा चौँथो अधिवेशन सम्पन्न भएको छ ।  कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य ज्ञान

रिघामा राष्ट्रिय जनमोर्चाको स्मृति सभा

गलकोट नगरपालिका वडा नं. ११ रिघामा स्मृति सभा सम्पन्न भएको छ ।  राष्ट्रिय जनमोर्चाको आयोजनामा स्वर्गीय हेम प्रसाद पुनको २० औं स्मृति सभा रिघामा