• ON AIRब्यबसायिक सन्देश
  • UP NEXTसाझा खबर

रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला

सामुदायिक रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला कार्यक्रम सम्पन्न भएको छ ।

गलकोट नगरपालिकाको आर्थिक सहयोग, शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय र सामुदायिक रेडियो गलकोटबाट सञ्चालित गलकोट क्वीजको मासिक शृङ्खला कार्यक्रम आज सम्पन्न भएको हो । 

कार्तिक महिनामा सञ्चालित साप्ताहिक शृङ्खलामा विजेता बनेका आधारभुत तहका ५ र माध्यमिक तहका ४ जना विद्यार्थीलाई सामुदायिक रेडियो गलकोटको स्टुडियोमा प्रत्यक्ष उपस्थित गराएर प्रतियोगिता सञ्चालन भएको थियो ।

मासिक शृङ्खलामा आधारभूत तहबाट गोल्डेन फ्युचर सेकेन्डरी बोर्डिङ स्कुल गलकोट नगरपालिका वडा नम्वर ४ का समृद्धि गैरे र माध्यमिक तहबाट खरुवा माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ४ का सौगात गैरे विजयी बन्नुभएको सामुदायिक रेडियो गलकोटले जनाएको छ । आधारभुत तहका गैरे कक्षा ६ र माध्यमिक तहका गैरे कक्षा १० मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । 

साप्ताहिक शृङखलाका बिजेताहरुलाई मासिक शृङ्खलामा सहभागी बनाउने र मासिक शृङखलाबाट बिजेता बनेकालाई वार्षिक शृङ्खला ग्राण्ड फिनालेमा सहभागी बनाई प्रतिस्पर्धा गराइने नगर शिक्षा अधिकृत शिव खड्काले जानकारी दिनुभयो ।  

गलकोट नगरपालिका भित्र तथा रेडियोको पहूँच पुग्ने ठाउँसम्म आधारभूत र माध्यमिक तहमा अध्ययनरत बालबालिकाहरुलाई रेडियो प्रश्नोत्तर तथा शैक्षिक कार्यक्रमबाट बौद्धिक विकास विषयगत सिकाइ दरमा बृद्धि तथा विभिन्न आयोगको तयारी पु¥याउने उद्देश्यले गलकोट क्वीज कार्यक्रम सञ्चालन गरिएको खड्काले बताउनुभयो ।

गलकोट नगरपालिका भित्रका विद्यालयबाट विषयगत प्रश्नपत्र सङ्कलन गरी प्रश्नपत्र निर्माण समितिले प्रश्न निर्माण गर्ने र प्रत्येक हप्ताको शनिवार विहान १०ः१५ देखि ११ बजेसम्म आधारभुत तहका विद्यार्थिका लागि र अपरान्ह ४ः१५ देखि ५ वजेसम्म माध्यमिक तहका लागि रेडियो गलकोटबाट विषयगत हाजिरीजवाफ प्रतियोगिता तथा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रम गलकोट क्वीज सञ्चालन समितिका उप संयोजक वीर बहादुर चोखालले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

नवसिर्जना युवा क्लवको २३ औं वार्षिकोत्सव तथा शुभ दिपावली मेला चल्दै 

नवसिर्जना युवा क्लव (एनवाईसी) ताराखोला गाउँपालिका वडा नम्वर ४ तारा, नागबेगीखोलाको २३ औं वार्षिकोत्सव तथा शुभ दिपावली मेला २०८३ सञ्चालन भईरहेको छ

नेकपा एमालेको श्रद्धाञ्जली सभा

गलकोट नगरपालिका वडा नंं. ५ गिठेचौरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङ जिल्ला कमिटि र गलकोट नगर कमिटिको

गलकोटमा श्रद्धाञ्जली सभा

गलकोट नगरपालिकामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।  गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका वडा नम्वर ३ को आयोजनामा

↑