• ON AIRहेलो गलकोट
  • UP NEXTमार्ग दर्शन

आज राति र भोलि देशका धेरै ठाउँमा आरिघोप्टे वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना रहेको छ । 

बङ्गालको खाडीमा विकसित प्रणाली उत्तर–पश्चिम सर्दै गरेकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पार्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिनमार्फत जानकारी गराएको छ । 

महाशाखाका अनुसार देशभरको हिमाली÷पहाडी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईका एक÷दुई ठाउँमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना छ । यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

आरिघोप्टे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने बताएको हो । प्राधिकरणले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । 

विशेष गरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाडी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ । 

प्राधिकरणका प्रवक्ता शान्ति महतले तीन वटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सडक खण्डमा पहिरो पन्छाउन उपकरण तयारी राख्न आग्रह गर्नुभएको छ ।
 

प्रतिकृया दिनुहोस

आज साउन १५ खिर खाएर मनाइँदै

आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदैछ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने चलन प्राचीनकालदेखिकोे मौलिक

घरघरमा तुलसीको विरुवा रोपेर आज हरिशयनी एकादशी मनाइँदै

हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल

साउनको पहिलो सोमबार, शिवालय मन्दिरमा भक्तजनको घुइँचो

हिन्दु धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको बिहानैदेखि ठूलो भिड लागेको छ । भगवान् शिवको