• ON AIRहेलो गलकोट
  • UP NEXTमार्ग दर्शन

न्यू लाईफ बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविर

न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुलमा नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

गलकोट नगरपालिकाको आयोजना तथा गलकोट नगर अस्पतालको समन्वयमा न्यू लाईफ सेकेण्डरी बोर्डिङ स्कुल गलकोट नगरपालिका वडा नं. ६ मा विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीका लागि नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

शिविरमा मुटु तथा रक्तनलीको जाँच, मृगौलाको जाँच, मधुमेहको जाँच, भिडियो एक्स–रे, दन्त चिकित्सकबाट मुख स्वास्थ्य जाँच तथा उपचार, पाठेघरको मुखको क्यान्सरको जाँच, आयुर्वेद सेवा लगायतका सेवा प्रदान गरिएको थियो । भने शिविरबाट बिद्यालयका शिक्षक, शिक्षिका एवं कर्मचारी गरी ४२ जनाले सेवा लिएको विद्यालयका प्रिन्सीपल विर बहादुर बोहोरा क्षेत्रीले जानकारी दिनुभयो । 

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै नसर्ने रोगको समयमै पहिचान र आवश्यक उपचारका लागि शिविर प्रभावकारी भएको विद्यालयले जनाएको छ । नसर्ने रोगको जोखिम बढ्दै गइरहेको अवस्थामा यस्ता स्वास्थ्य शिविरले नियमित स्वास्थ्य परीक्षण तथा रोगको प्रारम्भिक पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

प्रतिकृया दिनुहोस

गलकोट नगरपालिका ७ मा राष्ट्रिय परिचयपत्र वितरण 

गलकोट नगरपालिका वडा नं. ७ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । वि.सं. २०७९ मा वडा कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका

रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण 

गलकोट नगरपालिका वडा नं. ११ रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । गलकोट नगरपालिका वडा नं. ११ वडा

गलकोट नगरपालिकाद्धारा दर्ताबिना सञ्चालनमा रहेको पसल बन्द

गलकोट नगरपालिका वडा नं. ३ हटियामा दर्ताबिना सञ्चालन हुँदै आएका पसलमाथि कारबाही गर्दै एक पसल बन्द गरिएको छ । पटक–पटक व्यवसाय दर्ता गर्न आग्रह गर्दा