• ON AIRहेलो गलकोट
  • UP NEXTमार्ग दर्शन

रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण 

गलकोट नगरपालिका वडा नं. ११ रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । गलकोट नगरपालिका वडा नं. ११ वडा कार्यालयको समन्वयमा कामना सेवा विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । 

कार्यक्रम अन्तर्गत वडा नं. ११ रिघाका ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई करिब ३४ लाख रुपैयाँ बराबरको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा कार्यालयले जनाएको छ । 

भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्दै निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा करिब १५० जना ज्येष्ठ नागरिक तथा लाभग्राहीको रक्तचाप लगायत स्वास्थ्यसम्बन्धी सामान्य परीक्षण गरिएको गलकोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारी दिनुभयो । 

ज्येष्ठ नागरिकहरूमा उमेरसँगै देखिन सक्ने स्वास्थ्य समस्याको समयमै पहिचान तथा आवश्यक स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको श्रीसले बताउनुभयो । 
सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालयमा आएका ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई एउटै स्थानबाट स्वास्थ्य सम्बन्धी सेवा उपलब्ध गराउँदा उनीहरूलाई सहज भएको जनाईएको छ ।

वडा कार्यालयले आगामी दिनमा पनि ज्येष्ठ नागरिक तथा लक्षित वर्गको स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

गलकोट नगरपालिका ७ मा राष्ट्रिय परिचयपत्र वितरण 

गलकोट नगरपालिका वडा नं. ७ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । वि.सं. २०७९ मा वडा कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका

गलकोट नगरपालिकाद्धारा दर्ताबिना सञ्चालनमा रहेको पसल बन्द

गलकोट नगरपालिका वडा नं. ३ हटियामा दर्ताबिना सञ्चालन हुँदै आएका पसलमाथि कारबाही गर्दै एक पसल बन्द गरिएको छ । पटक–पटक व्यवसाय दर्ता गर्न आग्रह गर्दा

जन्मदिनको अवसरमा खरुवा माविलाई स्मार्ट टिभी हस्तान्तरण 

खरुवा माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं. ४ मा स्मार्ट टिभी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।  खरुवा माध्यमिक विद्यालयमा विद्यालय