• ON AIRहेलो गलकोट
  • UP NEXTमार्ग दर्शन

जन्मदिनको अवसरमा खरुवा माविलाई स्मार्ट टिभी हस्तान्तरण 

खरुवा माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं. ४ मा स्मार्ट टिभी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

खरुवा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर खाती क्षेत्रीकी धर्मपत्नी रत्नकुमारी क्षेत्रीको ६२औँ जन्मदिनको अवसरमा विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण गरिएको हो । 

जन्मदिनलाई विशेष तथा सामाजिक सेवामुखी बनाउँदै क्षेत्रीले विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पु¥याउने उद्देश्यले एक थान स्मार्ट टिभी विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा स्थापना गरिएको जन्मदिन कोषमा समेत १ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

हस्तान्तरण कार्यक्रममा विद्यालय परिवारको तर्फबाट रत्नकुमारी क्षेत्रीलाई फूल, अबिर, खादा तथा मालाद्वारा सम्मानसहित जन्मदिनको शुभकामना व्यक्त गरिएको थियो । 
कार्यक्रममा क्षेत्रीले जन्मदिन मनाउने क्रममा गरिने अनावश्यक तथा फजुल खर्चलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा लगानी गर्न सके त्यसले व्यक्ति र परिवारसँगै समाजलाई समेत सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गर्नुभएको थियो।

त्यस्तै विद्यालयका प्रधानाध्यापक धनबहादुर थापाले रत्नकुमारी क्षेत्रीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै विद्यालयको महत्वपूर्ण आवश्यकता पूरा गर्न सहयोग गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले व्यक्तिगत खुसीलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदानसँग जोड्ने संस्कारले विद्यालय र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने बताउनुभएको थियो । 

विद्यालयलाई प्राप्त स्मार्ट टिभीले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रविधिमैत्री, प्रभावकारी र व्यावहारिक बनाउन सहयोग पुग्ने विद्यालयले जनाएको छ । पछिल्लो समय प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई विषयवस्तु बुझाउन सहज हुने भएकाले स्मार्ट टिभीको प्रयोग शैक्षिक गतिविधिमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । 

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर खाती क्षेत्रीको अध्यक्षता, शिक्षक नेत्रलाल सुवेदीको सञ्चालन तथा शिक्षक सुरमणि शर्माको स्वागतमा सम्पन्न भएको थियो । 
 

प्रतिकृया दिनुहोस

गलकोट नगरपालिका ७ मा राष्ट्रिय परिचयपत्र वितरण 

गलकोट नगरपालिका वडा नं. ७ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । वि.सं. २०७९ मा वडा कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका

रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण 

गलकोट नगरपालिका वडा नं. ११ रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । गलकोट नगरपालिका वडा नं. ११ वडा

गलकोट नगरपालिकाद्धारा दर्ताबिना सञ्चालनमा रहेको पसल बन्द

गलकोट नगरपालिका वडा नं. ३ हटियामा दर्ताबिना सञ्चालन हुँदै आएका पसलमाथि कारबाही गर्दै एक पसल बन्द गरिएको छ । पटक–पटक व्यवसाय दर्ता गर्न आग्रह गर्दा