इन्द्रेणी युवा क्लबद्धारा भजन कीर्तन कार्यक्रम
गलकोट नगरपालिका वडा नं. ४ मा धार्मिक तथा सांस्कृतिक भजन कीर्तन कार्यक्रम सम्पन्न भएको छ ।
इन्द्रेणी युवा क्लब गलकोट नगरपालिका वडा नं. ४ को आयोजना तथा नीलकण्ठेश्वर शिवालय मन्दिर व्यवस्थापन समिति र नौलो बिहानी आमा समूहको सहआयोजनामा भजन कीर्तन कार्यक्रम सम्पन्न भएको हो ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीयवासी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा भक्तजनहरूको सहभागिता रहेको थियो । भजन कीर्तनमार्फत धार्मिक आस्था र मौलिक संस्कृतिको संरक्षणसँगै समुदायबीच आपसी एकता, सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने प्रयास गरिएको आयोजकको भनाइ छ ।
कार्यक्रममा सहभागीहरूले धार्मिक तथा सांस्कृतिक गतिविधिले समुदायलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । यस्ता कार्यक्रमले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गलकोट नगरपालिका ७ मा राष्ट्रिय परिचयपत्र वितरण
गलकोट नगरपालिका वडा नं. ७ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । वि.सं. २०७९ मा वडा कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका
रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
गलकोट नगरपालिका वडा नं. ११ रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । गलकोट नगरपालिका वडा नं. ११ वडा
गलकोट नगरपालिकाद्धारा दर्ताबिना सञ्चालनमा रहेको पसल बन्द
गलकोट नगरपालिका वडा नं. ३ हटियामा दर्ताबिना सञ्चालन हुँदै आएका पसलमाथि कारबाही गर्दै एक पसल बन्द गरिएको छ । पटक–पटक व्यवसाय दर्ता गर्न आग्रह गर्दा









प्रतिकृया दिनुहोस