• ON AIRहेलो गलकोट
  • UP NEXTमार्ग दर्शन

गलकोट नगरपालिकाद्धारा दर्ताबिना सञ्चालनमा रहेको पसल बन्द

गलकोट नगरपालिका वडा नं. ३ हटियामा दर्ताबिना सञ्चालन हुँदै आएका पसलमाथि कारबाही गर्दै एक पसल बन्द गरिएको छ । पटक–पटक व्यवसाय दर्ता गर्न आग्रह गर्दा समेत अटेर गरी दर्ताबिना नै सञ्चालन गरिरहेको पाइएपछि नगरपालिकाले उक्त पसल बन्द गरेको हो । 

गलकोट नगरपालिकाले बजार क्षेत्रको अनुगमनलाई तीव्रता दिँदै व्यवसाय दर्ता, नवीकरण तथा कानुनी प्रक्रियाको पालना भए–नभएको विषयमा निगरानी बढाएको जनाएको छ । अनुगमनका क्रममा वडा नं. ३ हटियामा दर्ता नगरी सञ्चालनमा रहेका अन्य व्यवसायलाई तत्काल दर्ता प्रक्रियामा आउन आग्रह गरिएको गलकोट नगर प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिनुभयो । 

त्यस्तै, लामो समयदेखि व्यवसाय नवीकरण नगरेका पसल तथा व्यवसायीलाई समेत आवश्यक प्रक्रिया पूरा गरी नवीकरण गर्न नगरपालिकाले आग्रह गरेको छ । पटक–पटकको आग्रहलाई बेवास्ता गर्दै कानुनी प्रक्रिया पूरा नगरी व्यवसाय सञ्चालन गर्ने व्यवसायीमाथि नियमानुसार कारबाही गरिने समेत जनाईएको छ । 

नगरपालिकाले बजार अनुगमनलाई केवल कारबाहीमा सीमित नराखी व्यवसायीलाई आवश्यक जानकारी तथा सहजीकरण गर्दै व्यवस्थित र मर्यादित बजार निर्माणमा जोड दिएको बताएको छ । 

नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै बजार व्यवस्थापन, व्यवसायको वैधानिकता तथा सेवा प्रवाहलाई चुस्त बनाउन आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

गलकोट नगरपालिका ७ मा राष्ट्रिय परिचयपत्र वितरण 

गलकोट नगरपालिका वडा नं. ७ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । वि.सं. २०७९ मा वडा कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका

रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण 

गलकोट नगरपालिका वडा नं. ११ रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । गलकोट नगरपालिका वडा नं. ११ वडा

जन्मदिनको अवसरमा खरुवा माविलाई स्मार्ट टिभी हस्तान्तरण 

खरुवा माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं. ४ मा स्मार्ट टिभी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।  खरुवा माध्यमिक विद्यालयमा विद्यालय