• ON AIRहेलो गलकोट
  • UP NEXTमार्ग दर्शन

गलकोट नगरपालिका ७ मा राष्ट्रिय परिचयपत्र वितरण 

गलकोट नगरपालिका वडा नं. ७ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । वि.सं. २०७९ मा वडा कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । 

वडा नं. ७ का टोल नं. ४ र ५ अन्तर्गत मल्मडाँडा, आरनटोल, म्याले, उकाला, फेँदी, सानोखोला, खोलापारी, साहानीडाँडा, नरौँदी, बतासेडाँडा, बाह्रमुरी, बिसारेडाँडा र नयाँबस्ती टोलका १८२ जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको वडा कार्यालयले जनाएको छ । 

वडामा राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई सहज र व्यवस्थित बनाउन टोलगत रूपमा वितरणको व्यवस्था मिलाइएको गलकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राज बहादुर थापाले जानकारी दिनुभयो ।  परिचयपत्र वितरणसँगै नागरिकलाई आवश्यक सरकारी सेवा तथा प्रक्रियामा सहजता हुने अपेक्षा गरिएको थापाले बताउनुभयो । 

त्यसैगरी, मंगलबार टोल नं. १ झिर्कादेखि टोल नं. २ र ३ अन्तर्गत गैराखर्कसम्मका १९४ जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो । भने, भोलि वडा नं. ७ को टोल नं. ६ का नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने बताइएको छ । 
 

प्रतिकृया दिनुहोस

रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण 

गलकोट नगरपालिका वडा नं. ११ रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । गलकोट नगरपालिका वडा नं. ११ वडा

गलकोट नगरपालिकाद्धारा दर्ताबिना सञ्चालनमा रहेको पसल बन्द

गलकोट नगरपालिका वडा नं. ३ हटियामा दर्ताबिना सञ्चालन हुँदै आएका पसलमाथि कारबाही गर्दै एक पसल बन्द गरिएको छ । पटक–पटक व्यवसाय दर्ता गर्न आग्रह गर्दा

जन्मदिनको अवसरमा खरुवा माविलाई स्मार्ट टिभी हस्तान्तरण 

खरुवा माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं. ४ मा स्मार्ट टिभी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।  खरुवा माध्यमिक विद्यालयमा विद्यालय