• ON AIRहेलो गलकोट
  • UP NEXTमार्ग दर्शन

नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका ६ वडा कमिटिको बैठक 

नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ६ वडा कमिटिको बैठक सम्पन्न भएको छ । 

बैठकमा थम्मन बुढाथोकीको संयोजकत्वमा ५१ सदस्यीय वडा अधिवेशन आयोजक समिति गठन गरिएको छ । बैठकले आगामी भदौ २० गते वडा अधिवेशन गर्ने, पार्टी सदस्यता नविकरण समयमै गर्ने, सबै टोल बस्तिमा पार्टीको भेला सञ्चालन गरी जनताको समस्या तथा गुनासाहरु बुझ्ने निर्णय गरेको छ । 

सो अवसरमा जिल्ला सहईन्चार्ज फमलाल निउरे, गलकोट नगर संयोजक गंगा भुजेल, नगर ईन्चार्ज हर्क थापा, वडा पार्टी ईन्चार्ज चन्द्रदत्त रेग्मीले देशको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै पार्टीको गतिविधी, पार्टी व्यवस्थित र सुदृढ गर्ने, समाजवाद उन्मुख पार्टीको कार्यभारलाई सफल पार्न सबैजना एकपक्ष भएर लाग्नुपर्ने भनाई राख्नुभएको थियो । 

बैठक गलकोट नगरपालिका वडा नंं. ६ का वडा संयोजक थम्मन बुढाथोकीको अध्यक्षता, वडा सचिव दिलमाया घर्तीको स्वागत र सहईन्चार्ज भिम बि.क को सञ्चालनमा सम्पन्न भएको थियो । 
 

प्रतिकृया दिनुहोस

गलकोट नगरपालिका ७ मा राष्ट्रिय परिचयपत्र वितरण 

गलकोट नगरपालिका वडा नं. ७ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । वि.सं. २०७९ मा वडा कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका

रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण 

गलकोट नगरपालिका वडा नं. ११ रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । गलकोट नगरपालिका वडा नं. ११ वडा

गलकोट नगरपालिकाद्धारा दर्ताबिना सञ्चालनमा रहेको पसल बन्द

गलकोट नगरपालिका वडा नं. ३ हटियामा दर्ताबिना सञ्चालन हुँदै आएका पसलमाथि कारबाही गर्दै एक पसल बन्द गरिएको छ । पटक–पटक व्यवसाय दर्ता गर्न आग्रह गर्दा