मल्ममा नेपाली कम्युनिष्ट पार्टीको बैठक
नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ७ वडा कमिटीको विशेष बैठक सम्पन्न भएको छ ।
बैठकले वडा अधिवेशनको लागि ज्ञान बहादुर थापाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सहसंयोजकमा भिम बहादुर चोखाल, सचिवमा उपेन्द्र दर्जी, कोषाध्यक्षमा जमुना दर्जी रहनुभएको छ । त्यस्तै पार्टी सदस्यता नविकरण समयमै गर्ने, जन वर्गिय संगठन विस्तार तथा विभिन्न संगठनमा संयोजक चयन गरिएको छ ।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा नगर ईन्चार्ज हर्क थापा, केन्द्रिय सदस्य शेर बहादुर खड्काले पार्टीलाई सबैजना एक भएर अगाडी बढाउने कुरामा जोड दिँदै जनताका समस्या एवं गुनासोलाई प्राथमिकतामा राखी समाधान तर्फ लाग्ने बताउनुभएको थियो ।
बैठक नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ७ का वडा संयोजक ज्ञान बहादुर थापाको अध्यक्षता र पार्टीका वडा सचिव उपेन्द्र दर्जीको सञ्चालनमा सम्पन्न भएको थियो ।
गलकोट नगरपालिका ७ मा राष्ट्रिय परिचयपत्र वितरण
गलकोट नगरपालिका वडा नं. ७ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । वि.सं. २०७९ मा वडा कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका
रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
गलकोट नगरपालिका वडा नं. ११ रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । गलकोट नगरपालिका वडा नं. ११ वडा
गलकोट नगरपालिकाद्धारा दर्ताबिना सञ्चालनमा रहेको पसल बन्द
गलकोट नगरपालिका वडा नं. ३ हटियामा दर्ताबिना सञ्चालन हुँदै आएका पसलमाथि कारबाही गर्दै एक पसल बन्द गरिएको छ । पटक–पटक व्यवसाय दर्ता गर्न आग्रह गर्दा









प्रतिकृया दिनुहोस